काठमाडौं
सिन्धु विकास बैंकको वार्षिक कार्ययोजना तथा ग्लोबल मनि विक कार्यक्रम अन्तर्गत पनौती शाखाको आयोजनामा काभ्रेको श्री तेजगंगा बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको छ । श्री तेजगंगा बहुमुखी क्याम्पसका कक्षा ११ तथा १२ का विद्यार्थीको उपस्थिति रहेको थियो । बैंकका तर्फबाट बचत, कर्जा, लगानी, खर्च, बजेट, वित्तीय सेवा लगायत डिजिटल बैंकिङ प्रणालीको उपयोग, चुनौती तथा सुरक्षा जस्ता विषयवस्तुहरूको बारेमा विद्यार्थीहरूलाई जानकारी गराइएको थियो ।
सिन्धु विकास बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजतपत्र प्राप्त क्षेत्रीय विकास बैंक हो । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, चितवन तथा मकवानपुर गरी जम्मा पाँच जिल्लाको कार्यक्षेत्र स्वीकृति रहेको यस बैंकको जम्मा २६ वटा शाखाहरू सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया