काठमाडौँ।
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदमा हितेन्द्रदेव शाक्यरलाई नियुक्त गरेको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्ति गरेको हो ।
बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालन हुन लागेको विद्युत वितरण प्रणाली स्तरोन्नति तथा सुदृढीकरण आयोजनाको लागि प्राप्त हुने ऋण सहायताको वित्तीय सम्झौता र आयोजना दस्तावेजलाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्ने अख्तियारी प्रदान गर्ने निर्णय गरेको जानकारी दिए ।
मन्त्री गुरुङका अनुसार सरकारले सहसचिव विन्देश्वरप्रसाद लेखकलाई नेपाली महावाणिज्यदुतावास, हङकङको महावाणिज्यदुत पदमा एक अवधिको लागि नियुक्त गरेको छ ।



प्रतिक्रिया