काठमाडौँ।
सशस्त्र प्रहरीले झापाको मेचीनगर नगरपालिका–६ झिल्के घाँम टोलको २ वटा अवैध गोदाममा छापा मारेर ५९ बोरा लत्ताकपडा र मोटर पार्ट्स बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापा , प्रस्तावित सीमा सुरक्षा गुल्म काकडभिट्टा र राजश्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको संयुक्त टोलिले उक्त लत्ताकपडा र मोटर पार्ट्स मंगलबार बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले चेक जाँच गर्दा सोही ठाउँ बस्ने मदन पोख्रेलको घरबाट ३९ बोरा तथा उत्तम ठकुरीको घरबाट २० बोरा लत्ताकपडा तथा मोटर पार्ट्स बरामद भएको प्रहरीले जनाएको छ।
बरामद लत्ताकपडा र मोटर पार्ट्स आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी लैजाने प्रक्रियामा रहेको प्रहरीको भनाइ छ। कति मूल्यको सामान भन्ने एकिन भने भैसकेको छैन।
प्रतिक्रिया