महिला लघुवित्त वित्तीय संस्थाले सचेतना सँगै रक्तदान कार्यक्रम गर्यो


काठमाडौं
थिङ्क विफोर फलो ,वाइज मनी टुमरो भन्ने नाराका साथ ग्लोबल मनी वीक सप्ताह –२०२५ गएको सोमबार गत आइतबार समापन भएको छ । हरेक वर्ष मार्च महिनामा हप्ताव्यापी रुपमा मनाइने ग्लोबल मनी वीक १३ औँ संस्करण हो ।

अभियान अन्र्तगत महिला लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालयको आयोजनामा देशभरका ६ वटा प्रदेशहरुमा वित्तीय साक्षरता तथा समाजिक काम गर्दैै समापन गरिएको संस्थाले जनाएको छ । सप्ताहको अन्तिम दिन काठमाण्डौमा रक्तदान कार्यक्रम गरि सप्ताहको समापन गरेको छ ।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेको अध्यक्षतामा आयोजित समापन समारोहमा ,महिला अधिकार तथा विकास केन्द्रका अध्यक्ष ,पुर्व सासंद तूल्सी थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजना र नेपाल रेडक्रस सोसाइटिको प्रावधिक सहयोगमा आयोजित समारोहका प्रमुख अतिथि थापाले महिला अधिकार तथा विकास केन्द्र र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले एक आपसमा सहकार्य र एकता गर्दै समाजिक कार्यमा हातेमालो गर्दै अगाडि बढ्नु पर्ने भन्दै ग्राहकहरुलाई संस्थागत सामाजिक उत्तरदायित्वका हरेक कार्यक्रमहरुमा जोड्नु भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।