मुक्तिनाथ विकास बैंकका ग्राहकलाई फ्लाइट टिकट


काठमाडौं
मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डबाहक तिलप्रसाद पौडेलले दुई जनाको लागि बैंककको राउन्ड ट्रिप फ्लाइट टिकट जित्नु भएको छ । दसैँ तिहारको उपलक्ष्यमा नगदरहित कारोबारलाई प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय भिसा नेटवर्कको सहकार्यमा भिसा कार्डबाहकबीच सञ्चालित अभियानअन्तर्गत विजेताले उक्त पुरस्कार प्राप्त गरेका हुन् । बैंकले ग्लोबल मनि विकअन्तर्गत विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ ।