काठमाडौँ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि छानबिन गर्न तीन संसदीय समिति गठन भएको छ। प्रतिनिधि सभा सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकले प्रेम आलेको संयोजकत्वमा समिति गठन गरेको हो।
समितिमा श्याम घिमिरे, अमन लाल मोदी सदस्य रहेका छन्।
डेडीकेटर फिडर तथा ट्रंकलाईन बक्यौता विद्युत् प्राधिकरण अन्तर्गत भएका विभिन्न ठेक्का प्रक्रियाका विरुद्ध समितिमा आधा दर्जन उजुरी परेको भन्दै सो विषयमा छानबिन गर्न समिति गठन गरिएको हो।
प्रतिक्रिया