काठमाडौँ।
बालुवाटारमा सत्तारूढ दलहरूको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अपराह्न सत्तारूढ दलको बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखकसहित सत्तामा रहेका दलका शीर्ष नेताहरुलगायत जनता समाजवादी पार्टी, जनमत पार्टी, नाउपा, लोसपाका शीर्ष नेताहरू पनि सहभागी छन्।
समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सत्तारूढ दलहरूको बैठक बसेको हो।
प्रतिक्रिया