काठमाडौं ।
नेपाली बजारमा मंगलबार सुनको मूल्य २ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुन १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार पनि चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार चाँदी तोलामा १९ सय ८० रुपैयाँमा कायम भएको छ। सोमबार पनि चाँदीको मूल्य तोलामा १९सय ८० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया