काठमाडौँ।
सशस्त्र प्रहरीले नारायणी नदीमा हाम फालेकी एक महिलाको सकुशल उद्धार गरेको छ। सोमबार सांझ चितवनको भरतपुर महानगरपालिका-३ पुलचोक स्थित नारायणी पुलबाट नदीमा हाम फालेर बग्दै गरेको अवस्थामा पुलचोकमा तैनाथ सशस्त्र प्रहरी बल नेपाल इमिडियट रेस्पोन्स टिम ( आइआरटि ) ले उनको तत्कालै सकुशल उद्धार गरेको हो ।
ती महिला सोही महानगरपालिका -११ बसेनी बस्ने ३८ बर्षिया पार्बती सुनार रहेको र उनलाई उपचारार्थ नयाँ मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया