गौतमको एकल चार गोलले संकटा तिलोत्तमा गोल्डकपको अन्तिम चारमा सुरक्षित

3.29k
Shares

बुटवल। 

रुपन्देहीको बुटवलमा जारी २३ औ संकरणको तिलोत्तमा गोल्डकप प्रतियोगितामा संकटा एफसी अन्तिम चारमा स्थान बनाएको छ । सोमबार भएको खेलमा जर्जियन एफसी भारतलाई ४–० गोल अन्तरले पराजित गर्दै संकटा अन्तिम चारमा सुरक्षित भएको होे । 

देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलको संकटाको जितमा सृजनराज गौतम नायक बनेका हुन । 

गौतमले खेलको ४० मिनेटमा गोल गरे। निर्मल घिसिङको पासमा गौतमले जर्जियनका किपर विवेक राईलाई बिट गर्दै सेकेन्ड बारबाट जाली चुमाए। पहिलो हाफ १ गोलको अग्रता लिएको संकटा दोस्रो हाफमा थप ३ गोल थप्न सफल भयो। 

खेलको ८६ औ मिनेटमा गौतमले दोस्रो गोल थपे। वन भर्सेज वनमा गौतमले जर्जियनका किपर विवेक राईलाई बिट गर्दै ब्यक्तिगत दोस्रो गोल गरे। खेलको ईन्जुरी समयमा गौतमले  थप दुई गोल गर्दै आफ्नो ह्यट्रिक पुरा गरे।मंगलबार मच्छिन्द्र एफसी र भारतको एडोर्न गडवाल स्पोर्टिङ क्लबका बिचमा अन्तिम क्वाटरफाईनल खेल हुनेआयोजकले बताएका छन् ।