हेटौंड ।
विश्व क्षयरोग दिवस मार्च २४ को अवसरमा हेटौंडा उपमहानगरपालिका क्षेत्रमा रहेर नियमित औषधिसेवन गरिरहेका १० जना बिरामीलाई सम्मान गरिएको छ ।
उपमहानगरपालिका क्षेत्रमा रहेर नियमित औषधिसेवन, जाँच र नियमअनुसार उपचार पूरा गरेका १० जनालाई पोषणयुक्त खाद्यान्न र सवारी भाडासहित सम्मान गरिएको हेटौंडा उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद तिवारीले बताए । उनका अनुसार बिरामीसहित नगर क्षेत्रमा रहेका स्वास्थ्य संस्थामध्ये बिरामीको तथ्यांक दुरुस्त राखेको भन्दै शहरी स्वास्थ्य केन्द्र हेटौंडा–११ की प्रमुख मीनाकुमारीलाई सम्मान गरिएको छ । उनीहरुलाई नगर प्रमुख मीनाकुमारी लामाले पुरस्कार तथा सम्मान हस्तान्तरण गरेकी हुन् ।
‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौं, लगानीको प्रतिवद्धता र सेवाप्रवाहको सुनिश्चितता आजको आवश्यकता’ भन्ने नारासाथ कार्यक्रम सञ्चालन भएको हो । दिवसले क्षयरोग महामारी अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास तथा उपलब्धिलाई सम्झिने अवसर प्रदान गरेको छ ।
स्वास्थ्य शाखाको तथ्यांकअनुसार उपमहानगर क्षेत्रबाट ५ वटा केन्द्रमार्फत् खकार जाँच हुने गरेको छ । चालु आर्थिक वर्षको फागुनसम्म २ सय ७ बिरामी दर्ता छन् । क्षयरोग परीक्षणका लागि जिन रिपोर्ट जाँच भने हेटौंडा अस्पतालमा हुने गरेको छ । कार्यक्रममा हेटौंडा उपमहानगर प्रमुख प्रशासकीय अधिकृत भरत गौतमसहित उपमहानगर क्षेत्रका विभिन्न स्वास्थ्य केन्द्रका प्रमुखहरुको सहभागिता थियो ।
राष्ट्रिय क्षयरोग दिवसका अवसरमा थाहा नगरपालिकाले पनि जनचेतनामूलक कार्यक्रम गरेको छ । थाहा नगरपालिकाको आयोजनामा दिवसको अवसरमा वडा–९, चित्लाङमा ¥यालीसहित सचेतनामूलक सडकनाटक प्रदर्शनसहित दिवस मनाइएको हो ।
थाहा नगरपालिकाले चित्लाङ र वडा–७ को डाँडाबासमा सचेतनामूलक सडकनाटक प्रदर्शन गरेको थाहा नगर क्षयरोग फोकलपर्सन प्रद्युम्न हमालले जानकारी दिए । चित्लाङमा भएको ¥यालीमा वनविज्ञान अध्ययनरत् विद्यार्थी तथा चित्लाङ कराते डोजोका खेलाडीसमेतको सहभागिता थियो ।
प्रतिक्रिया