उदयपुर ।
उदयपुरको विभिन्न पालिकामा रहेका सिँचाइका योजनाहरुमा ९७ वटा योजना गत आर्थिक वर्ष (२०८०।०८१) समापन भएको छ ।
संघीय सरकारको १४ वटा र प्रदेश सरकार मातहतको ८३ वटा गरी कुल ९७ वटा सिचाईका साना तथा मझौला सिंचाई योजनाहरुकालागि वार्षिक बजेट १४ करोड १५ लाख ६५ हजार रहेकोमा कुल १३ करोड, ५१ लाख, १२ हजार ५ सयमा निर्माण सम्पन्न भएको जलश्रोत तथा सिंचाई विकास डिभिजन उदयपुरले जनाएको छ ।
संघीय सरकारको विभिन्न अनुदान तर्फको मझौला सिंचाई आयोजनामा ९० लाख वार्षिक बजेट रहेकोमा ८९ लाख ६८ हजार १सय ३५ रुपैयामा योजना सम्पन्न भएको छ । ३ वटा योजना संघीय सरकारको सशर्त अनुदानमा सञ्चालित भएको थियो । संघकै नदी नियन्त्रण योजना १ करोड ५३ लाख वार्षिक बजेटमा १ करोड ५० लाख ५१ हजार ८५१ रुपियाँ सशर्त अनुदानमा ५ वटा सम्पन्न भएको छ । सिंचाई तथा नदी नियन्त्रणको भौतिक प्रगति १०० प्रतिशत भएको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय गाईघाटका सूचना अधिकारी हरेराम मण्डलले जनाएका छन् ।
संघीय सरकार कै सशर्त अनुदानको सिंचाई आयोजना मर्मत सम्भारकालागि १ करोड वार्षिक बजेट रहेकोमा ९३ लाख २८ हजार १५३ रुपियाँको लागतमा ४ वटा योजना सम्पन्न भएको र भौतिक प्रगति ९५ प्रतिशत भएको जलश्रोत तथा सिंचाई विकास डिभिजन उदयपुरले जनाएको छ ।
सिंचाई प्रणाली पुनस्र्थापना आयोजना नेपाल सरकारलाई कुवेत फण्डबाट प्राप्त सशर्त अनुदान १५ लाख, राष्ट्रिय ग्रामिण तथा नवीकरणीय उर्जा कार्यक्रम संघको सशर्त अनुदान कार्यक्रममावार्षिक बजेट १० लाख रहेकोमा ९लाख ९६ हजार ९८६ रुपियाँ खर्च भएको र भौतिक प्रगति १०० प्रतिशत नै भएको सो कार्यालयका सूचना अधिकारी इन्जिनियर हरेराम मण्डलले बताए ।
संघीय सरकारको कुल १४ वटा योजनामा जम्मा ३ करोड ६८ लाख वार्षिक बजेट रहेकोमा ३ करोड ४३ लाख ४५ हजार १२५ रुपैयाँ खर्च भएको र ९७.२९ प्रतिशत वित्तीय प्रगति भएको इन्जिनियर मण्डलले बताए ।
कोशी प्रदेश सरकार तर्फको ८३ वटा योजनाका लागि पुँजीगत वार्षिक बजेट १४ करोड १५ लाख ६५ हजार रहेकोमा १३ करोड ५१लाख १२ हजार ५ सय खर्च भएको छ । जसको भौतिक प्रगति ९६ प्रतिशत र वित्तीय प्रगति ९५.४५ प्रतिशत रहेको सूचना अधिकारी मण्डलले बताए ।
पुँजीगत कुल जम्मा ९७ वटा योजना कालागि १७ करोड ८३ लाख६५ हजार वार्षिक बजेट रहेकोमा १६ करोड ९४ लाख ७० हजार ३९२ रुपैयाँ खर्च भएको छ । जसको वित्तीय प्रगति ९५.८२ प्रतिशत रहेको सूचना अधिकारी एवम् इन्जिनियर मण्डलले बताए ।
जलश्रोत तथा सिंचाई विकास डिभिजनको चालु खर्चमा १ करोड ४९ लाख ९५ हजार रहेकोमा १ करोड १२ लाख ४४ हजार ७४७ रुपैयाँ खर्च भएको र कुल जम्मा १९ करोड ३३ लाख ६० हजार वार्षिक बजेट मध्ये १८ करोड ७ लाख १५ हजार १४ रुपैयाँ खर्च भएको र ९४.ं१९ प्रतिशत वित्तीय प्रगति भएको सो कार्यालयले जनाएको छ ।
प्रतिक्रिया