प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरु 


काठमाडौं ।

 प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आब्हानमा ३ दलका शीर्ष नेताको बैठक सुरू भएको हो । समसमायिक राजनीतिक बिषयसहित मुख्यतयाः संक्रमणकालिन न्यायका विषयमा सो छलफल केन्द्रित हुनेछ । 

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका बारेमा निर्णय लिनका लागि तीन दलका शीर्ष नेताको बैठक बसिरहेको हो ।

 संक्रमणकालिन न्याय सम्बन्धी प्रक्रिया अघि नबढीरहेको बेलामा यो बैठक आव्हान भएको हो । 

सिंहदरबारमा सुरु भएको बैठकमा नेकपा एमालेका तर्फबाट प्रधानमन्त्री ओली र कानुनी सल्लाहकार अग्निप्रसाद खरेल, कांग्रेसवाट सभापति देउवा र गृह मन्त्री रमेश लेखक तथा माओवादीवाट अध्यक्ष प्रचण्ड, शक्ति बस्नेत, खिमलाल देवकोटा सहभागी रहेका छन् ।