तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मेन्स सिंगल र डबलको उपाधि एपीएफको पोल्टामा 

5.73k
Shares

बुटवल। 

ब्याडमिन्टन क्लव द्धारा आयोजित “तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा मेन्स सिंगल र मेन्स डबलको उपाधि ए.पी.एफ को पोल्टामा रहेको छ । मेन्स सिंगल तर्फ राष्ट्रिय रेङ्किङ खेलाडी प्रिन्स दाहालले एपिएफ. कै क्षितिज खनाललाई हराउँदै उपाधि चुनेका हुन । 

त्यस्तै मेन्स सिंगल तर्फ आर्मीका हिमाल चन्द र ए.पि.एफ.का देवराज राना तृतीय भएका छन् । त्यस्तै मेन्स डबल तर्फ ए.पि.एफ.का भोज बहादुर गुरुङ्ग र प्रनिश सिंह ठकुरीले उपाधि जितेका छन । उनीहरुले लाफा ब्याडमिन्टन क्लबका बलराम क्षेत्री र विवेक न्यौपानेलाई हराउँदै उपाधि चुनेको हुन ।

 मेन्स डबल तर्फको तृतीय आर्मीका प्रविन लिङ्गथेप र विधान अधिकारी तथा हिमाल चन्द र सन्तोष पनेरु भएका छन् । भेट्रान्स ४५ वर्ष माथीको खेलमा लाफा ब्याडमिन्टन क्लबका राजु गुरुङ्ग र सुदिप योञ्जनको टिमले तिलोत्तमा ब्याडमिन्टन क्लबका बुद्धि चौधरी र डिल बहादुर कन्डवालाई हराउँदै उपाधि रक्षा गरेको हुन । 

प्रतियोगितामा न्यु लुम्बिनी क्लबका बलराम पन्थी र खगेन्द्र तथा तण्डेरी ब्याडमिन्टन क्लबका प्रेम गुरुङ्ग र विष्णु लाल श्रेष्ठ तृतीय भएका छन् । त्यस्तै सुपर भेट्रान्स ५५ वर्ष माथिकोमा अनिल लाखे र सम्भु कुमार श्रेष्ठले कास्कीका राजु गुप्ता र राजेन्द्र वागलेलाई हराउँदै उपाधि चुनेको हुन । प्रतियोगितामा बुटवल ब्याडमिन्टन क्लबका दिलिप गौचन र महेश नेपाल  तथा पि.एस.बि.सी.का रवी होना र इन्द्र थापाको टिम तृतीय भएका छन् । प्रतियोगिताको मास्टर भेट्रान्स ६० वर्ष माथीकोमा तण्डेरी ब्याडमिन्टन क्लबका प्रेम प्रसाद गुरुङ्ग र विष्णु लाल श्रेष्ठको जोडीले तण्डेरी ब्याडमिन्टन क्लबका डिल पुन र श्याम कृष्ण श्रेष्ठलाई हराउँदै उपाधि चुनेको हुन । 

प्रतियोगितामा काठमाण्डौँका पूर्ण चन्द्र जोशी र सुरेश चन्द्र श्रेष्ठ तथा भैरहवाका गणेश क्षेत्री र महेन्द्र श्रेष्ठको जोडी तृतीय भएका हुन । प्रतियोगितामा मेन्स सिंगल र मेन्स डबल तर्फ विजेता उप विजेता र तृतीय हुनेले कमशः पचास हजार, तीस हजार र दश हजार नगद सहित मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गरेका छन् । 

भेट्रान्स ४५ वर्ष माथिकोमा विजेता उप विजेता र तृतीय हुनेले कमशः चालिस हजार, तीस हजार र दश हजार नगद सहित मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गरेका छन् । सुपर भेट्रान्स ५५ वर्ष माथीकोमा विजेता उप विजेता र तृतीय हुनेले कमशः पच्चीस हजार, पन्ध्र हजार र पाँच हजार नगद सहित मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गरेका छन् ।

 मास्टर भेट्रान्स ६० वर्ष माथिकोमा विजेता उप विजेता र तृतीय हुनेले कमशः पन्ध्र हजार, दश हजार र पाँच हजार नगद सहित मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा विजेता तथा उप विजेतालाई बुटवल उपमहानगरपालिकाका नगर प्रमूख खेलराज पाण्डे, क्लबका अध्यक्ष पंकज किशोर ज्ञवाली, कार्यक्रम संयोजक शम्भु भट्टराई, सह संयोजक बालदर गोदार, सचिव भानुभक्त खत्री, कोषाध्यक्ष राजु खरेल क्लबका पूर्व अध्यक्षहरु लगायतको उपस्थितिमा पुरस्कार प्रदान गरिएको थियो ।