२३ औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि 

846
Shares

बुटवल। 

आजदेखी रुपन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शुरु हुदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरी रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बतए ।

मैदानमा माटो पट्याउने, सम्याउने र निरन्तर पानी राखेर हरियो बनाउने काम ३ महिनादेखि थालेको उनले  बताए । चारैतिर तारजाली गर्ने, रंगरोगनमात्र नभई यसपटक मुल गेट नजिक न्यु होराईजन माबिको सहयोगमा नमुना शौचालन निमार्ण गरिएको उनले बताए  ।

बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य सहयोगी संस्था रहेको प्रतियोगिताको २३ औ संस्करण नेपालमा एन्फाको मान्यता प्राप्त खप्तड, विराट, आहारारा र तिलोत्तमा चार मुख्य गोल्डकप भएकोे बताए ।

यो वर्ष पुरस्कार राशीमा समेत अघिल्लो संस्करणभन्दा १ लाख रुपियाँ  वृद्धि गरिएको छ । ‘प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपियाँ , गोल्डकप, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाँबाट पुरस्कृत गरिने छ ।

 यो वर्ष आयोजक करेन्ट रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाईटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको प्रतिस्पर्धी गर्ने छन् ।