संस्मरण: नयाँं जीवनको शुभकामना दादा !

564
Shares

जीवनको हरेक यात्रा अप्रत्याशित मोडहरूले घेरिएको हुँदो रहेछ । मेरो दादाको जीवनले पनि यस्तै अति कठिन मोड पार गरायो, जसले गर्दा मुटुको भल्भ परिवर्तन गर्नुपर्ने एकदम जटिल शल्यक्रियाबाट उहाँलाई जीवनको नै फेरि दोस्रो मौका पाउने अवसर दियो ।

काठमाण्डौँस्थित मेडिसिटी अस्पतालको अत्यन्तै कुशल चिकित्सक, समर्पित नर्स र हाम्रो परिवारको अटुट साथले उहाँले मृत्युको मुखबाट फर्केर नयाँ जीवन पाउने मौका पाउनुभयो । यो अवस्था उहाँको संघर्ष, दुःख, हाम्रो आशा, विश्वास र मेडिसिटी अस्पतालका सबै व्यक्तित्वहरुको साक्षी हो ।

दादाले मेरो लागि गर्नुभएको त्याग र साथ सपोट कसरी बयान गरौँ म ? भने शब्द छैन । भन्नु नै पर्दा एउटा परिवारको सदस्य मात्र नभएर परिवारकै बलियो खम्बा हुनुहुन्छ । उहाँको कार्य र सरल जीवनशैली, सकारात्मक दृष्टिकोण र सबैलाई सहयोग गर्ने भावनाले मलाई सधैँ प्रभावित पारिरहन्छ ।

समयको खेल हो । केही महिनाअघि उहाँलाई श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने र कमजोरी महसुस हुने समस्या देखियो । शुरुमा परिवारले पिर लिन्छन् भन्ने लागेछ र यसलाई लुकाउने प्रयास गर्नुभयो तर उहाँ अचानक बेहोस हुनु भयो । एम्बुलेन्स बोलाएर अस्पताल पु¥यायौँ । हतारहतार विभिन्न परीक्षणपछि डाक्टरहरूले दादाको मुटुको दुईवटै भल्भमा गम्भीर समस्या भएको पत्ता लगाए । उहाँको मुटुको भल्भ साँघुरो भएको थियो, जसले गर्दा सास फेर्न र रगत प्रवाहमा बाधा पुगिरहेको थियो ।

डाक्टरहरूले तुरुन्तै शल्यक्रिया गर्नुपर्ने बताउनुभयो । हामी सबैलाई यो खबरले आकाशले किचेजस्तो र धर्ति नै फाटेजस्तै स्तब्ध बनायो । साँच्चै मुटुको शल्यक्रियाको नाम सुन्दा नै आफ्नै मुटुले काम नगर्लाजस्तो हुन्थ्यो र धेरै डर लाग्थ्यो । तर दादाको जीवन बचाउनु हाम्रो हरप्रयास र पहिलो स्थान थियो ।

हामीले मेडिसिटी अस्पतालको कार्डियोथोरासिक विभागको बारेमा सुनेका थियौँ । सबैको सल्लाहमा त्यहाँका डाक्टरहरू मुटुको शल्यक्रियामा विशेषज्ञ भएको कारण र अस्पतालमा अत्याधुनिक उपकरणहरू रहेको हुँदा हामीले दादालाई मेडिसिटी अस्पतालमा भर्ना गर्ने निर्णय ग¥यौँ । त्यसै अन्तर्गत मेडिसिटी अस्पतालमा दादाको उपचार शुरु भयो । डाक्टरहरूले विभिन्न परीक्षण गरेर शल्यक्रियाको योजना बनाएका थिए । उहाँलाई शल्यक्रियाको बारेमा विस्तृत जानकारी दिइयो । उहाँको मनमा रहेको डरलाई कम गर्ने प्रयास गरियो । दादाले पनि डाक्टरहरूमाथि विश्वास देखाउनुभयो र शल्यक्रियाको लागि तयार हुनुभयो ।

शल्यक्रियाको दिन मलगायत परिवारका सदस्यहरू अस्पतालको प्रतीक्षा कक्षमा चिन्तित भएर बसेका थियौँ । हामी सबैले दादाको सफल शल्यक्रियाको लागि प्रार्थना गरिरहेका थियौँ ं। शल्यक्रिया ६ घण्टासम्म चल्यो र हामीले प्रत्येक मिनेट डर र चिन्तामा बितायौँ । समय बित्दै गर्दा छिन्–छिन्मा सोध्न जाँदै, रुँदै फकियौँ । अन्ततः डाक्टरहरूले शल्यक्रिया सफल भएको घोषणा गर्नुभयो र हामीलाई भेट्न दिनुभयो । त्यसपछि हामी सबैले ठूलो सास फे¥यौँ । आँखाभरि आँसु झा¥यौँ । दादालाई (आईसीयु) मा राखियो, जहाँ उहाँलाई निरन्तर निगरानी गरियो ।

आईसीयुमा दादाको अवस्था नाजुक थियो, तर डाक्टर र नर्सहरूको अनेकौँ प्रयासले गर्दा उहाँको अवस्था बिस्तारै सुधार हुँदै आयो । आईसीयुमा दादालाई श्वासप्रश्वासमा सहयोग गर्न भेन्टिलेटरको प्रयोग गरिएको थियो । उहाँलाई विभिन्न औषधिहरू दिइएको थियो । दादाको मुटुले गर्ने कार्यको निगरानी गर्न विभिन्न उपकरण प्रयोग गरिएको थियो । आईसीयुमा कार्यरत नर्सहरूले परिवारले झैँ उहाँको हेरचाह गरेका थिए ।

साथै उहाँलाई आराम भएको महसुस गराउन र उहाँको मनमा सकारात्मक भावना जगाउन उनीहरुले हरसम्भव प्रयास गरेका थिए । दादाको उपचारमा संलग्न डाक्टरहरूले हामीलाई उहाँको अवस्थाको बारेमा नियमित रूपमा जानकारी दिन्थे । उनीहरूले हामीलाई उहाँको प्रगति देखाउँथे र हामीलाई हौसला दिन्थे । उनीहरूको सकारात्मक दृष्टिकोण र व्यावसायिकताले हाम्रो मनमा आशा जगाएको थियो ।

दुई दिनपछि डाक्टरहरूले दादालाई आईसीयुबाट साधारण वार्डमा सार्ने निर्णय गरे । उहाँको स्वास्थ्यमा सुधार भएको थियो । उहाँ आफैँ श्वास फेर्न सक्ने हुनुभएको थियो । उहाँको मुटुको कार्य पनि सामान्य हुँदै गइरहेको थियो । साधारण वार्डमा, दादालाई फिजियोथेरापी र अन्य आवश्यक उपचारहरू दिइयो । उहाँलाई हिँड्न र आफ्नो दैनिक क्रियाकलापहरू गर्न सहयोग गरियो । उहाँको स्वास्थ्यमा दिनप्रतिदिन सुधार हुँदै गयो । उहाँ पहिलाको भन्दा पनि बलियो र स्वस्थ हुनुभयो ।

मेडिसिटी अस्पतालको वातावरण सकारात्मक थियो । त्यहाँका डाक्टर, नर्स र कर्मचारीहरू सबै सहयोगी थिए । उनीहरूले हामीलाई सधैँ हौसला दिए र दादाको उपचारमा सहयोग गरे । केही हप्तापछि, डाक्टरहरूले दादालाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय गरेपश्चात् उहाँ पूर्णरूपमा निको हुनुभएको थियो । उहाँले पुनर्जन्म पाउनुभयो र फेरि खुशी–उत्साह फर्किएको थियो । साथै डिस्चार्ज भएपछि, दादाको जीवनमा ठूलो परिवर्तन आयो । उहाँले आफ्नो जीवनलाई नयाँ दृष्टिकोणबाट हेर्न थाल्नुभयो । उहाँले आफ्नो स्वास्थ्यलाई ख्याल गर्नु थाल्नुभयो । समय–समयमा नियमित रूपमा व्यायाम गर्न थाल्नुभयो र स्वस्थ खाना मजाले खान थाल्नुभयो ।

हाम्रो परिवारमा दादाको यो अवस्थाबाट हामीले शिक्षा पायौँ । जीवन एक अनमोल उपहार रहेछ, जसलाई हामीले ख्यालठट्टा गर्नुहुन्न । यसलाई सदुपयोग गर्नुपर्छ । साथै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्छ । मेडिसिटी अस्पतालका महान् चिकित्सक र समर्पित नर्सहरूको प्रयासको परिणामस्वरुप मेरो दादाले नयाँ जीवन पाउनुभएको छ । हामी अस्पताल परिवारप्रति सधैँ आभारी रहनेछौँ । नयाँं जीवनको शुभकामना दादा !