भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि


काठमाडौँ । 

भारतले आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । आइतबार राति दुबईमा सम्पन्न फाइनल खेलमा न्यूजील्याण्डलाई ४ विकेटले पराजित गर्दै भारतले च्याम्पियन्स ट्रफीको उपाधि जितेको हो ।

न्युजील्याण्डले दिएको २५२ रनको लक्ष्य पछाएको भारतले ४९ ओभरमा ६ विकेट गुमाउँदै पुरा गरेको थियो ।

भारतको जितमा कप्तान रोहित शर्माले सर्वाधिक ७६ रन बनाएका थिए भने श्रेयस अय्यरले ४८, केएल राहुलले अविजित ३४, शुभमन गिलले ३१, अक्सर पटेलले २९ र हार्दिक पाण्डेयले १८ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले ५० ओभरमा ७ विकेट गुमाउँदै २५१ रन बनाएको थियो । न्यूजील्याण्डका लागि डार्यल मिचेलले सर्वाधिक ६३ रन बनाए भने माइकल ब्रासवेलले अविजित ५३ रन बनाएका थिए । त्यस्तै रचिन रविन्द्रले ३७, ग्लेन फिलिपले ३४, विल योंगले १५, टम लाथमले १४ रन बनाएका थिए ।