पूर्वयुवराज पारस शाहलाई आईसीयूबाट वार्डमा सारियो


काठमाडौँ।

हृदयाघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ ।
पारस शाहको स्वास्थ्यमा सुधार भएको र मंगलबारदेखि आईसीयूबाट वार्डमा सारिएको अस्पतालले जनाएको छ।

पटक पटक हृदयाघात बल्झिएकाले उनलाई चिकित्सकको विशेष निगरानीमा केही दिन अस्पतालमै राखेर उपचार गरिने बताइएको छ ।

आइतबार राति हृदयाघात भएपछि शाहलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो । लगत्तै उनको मुटुमा स्टेन राखिएको थियो । त्यसयता आईसीयूमा राखेर उपचाररत उनलाई मंगलबार भने वार्डमा सारिएको हो ।