काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत ५ आंगिक क्याम्पसमा स्ववियु निर्वाचनको प्रक्रिया स्थगित भएको छ । उपत्यकाको ३ र उपत्यका बाहिरको २ वटा क्याम्पसमा निर्वाचन प्रक्रिया भाडिएको हो । सोमबारबाट सुरु भएको निर्वाचन प्रक्रियामा उपत्यकाको नेपाल ल , रत्नराज्य र सरस्वती क्यापसमा संघसंगठन दर्ता रोएिको छ । भने उपत्यका बाहिर जनकपुरको रारा बहुमुखी र भैरहवा क्याम्पसमा स्थगित भएको छ ।
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा पशुपति अधिकारीले उपत्यका बाहिरका दुई क्यापसमा निर्वाचन गर्ने विषयमा छलफल जारी रहेको बताए । उनका अनुसार उपत्यकाको आरआर र सरस्वती र नेपाल लले बुधबारबाट प्रक्रिया थाल्ने जानकारी दिए । उनका अनुसार दुई क्याम्पसमा स्थगित भएपनि उपत्यकाका तीन क्यापसमा प्रक्रिया सुरु नगरेर आजबाट थाल्ने जानकारी आएको बताए ।
अनेरास्ववियुका उपाध्यक्ष नारायणघर्तिले उपत्यकाका आरआर, नेपाल ल र सरस्वतीमा प्रक्रिया थाल्ने विषयमा छलफल भइरहेको जानकारी दिए । उनले भने –विद्यार्थी संगठबीच छलफल जारी छ, आजबाट सबै प्रक्रिया सुचारु हुनेछ ।
देशभर ६२ वटा आंगिक क्याम्पसहरूमध्ये ५ क्याम्पसमा मात्रै संगठन दर्ताको प्रक्रिया स्थगित भएको छ । विभिन्न क्याम्पसहरूमा झडप तथा विवाद सिर्जना भएको छ । काठमाडौँ उपत्यकाभित्रका सरस्वती बहुमुखी क्याम्पस र नेपाल ल क्याम्पसमा निर्वाचन प्रक्रिया नै अगाडि बढ्न सकेन । नेविसंघ र अखिल क्रान्तिकारीले आफूहरूका विद्यार्थी भर्ना गर्न नपाएको जनाउदै प्रक्रिया स्थगित भएको थियो ।
२०७९ सालमा स्ववियु निर्वाचन हुन नसकेको रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा भने १७ वटा संघसंगठन तथा समूह दर्ता भएका छन् । अनेरास्ववियु उपाध्यक्ष नारायण घर्तीले केही क्याम्पसमा बाहेक अधिकांश क्याम्पसमा उत्साहजनक तरिकाले संगठनहरू दर्ता भएको बताए । दर्ता हुन नसकेका ठाउँहरूमा चाडै हुने र स्ववियु निर्वाचनमा सबैको उत्साहजनक सहभागीता हुने बताए । २०७९ सालको निर्वाचनमा उपत्यकाका ४ र बाहिरका ८ गरी १२ आंगिक क्याम्पसमा निर्वाचन भएको थिएन । त्रिबिले यो वर्ष सबै आंगिक क्याम्पसमा निर्वाचन गर्ने तयारी गरेको छ । निर्वाचन चैत ५ गते हुदैछ ।











प्रतिक्रिया