आयल निगमले भन्यो- ग्यास सहज उपलब्ध हुन्छ, मूल्य यथावत छ


काठमाडौँ । 

नेपाल आयल निगमले ग्यासको मूल्य  यथावत् रहेको बताएको छ ।

मंगलबार नेपाल एलपी ग्यास उद्योग संघसँग भएको सरकारको सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको जनाउँदै ग्यास उद्योगहरुबाट अब ग्यास सहज उपलब्ध हुने बताएको हो ।  निगमले ग्यासको मूल्य  यथावत् रहने बताएको छ ।

आज भएको पाँच बुँदे सहमति अनुसार उद्योगीको माग अनुसार ग्यासमा प्रति सिलिन्डर १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति भएको थियो । तर निगमले भने ग्यासको मूल्य  यथावत् रहने स्पष्ट गरेको छ ।