काठमाडौँ।
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । शाहलाई आइतबार हर्टअट्याक भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार अहिले शाहको स्वास्थ्य अवस्था सुधार उन्मुख छ।
अहिले उनको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको र खतरामुक्त रहेको बताइएको छ । पारसलाई भेट्न पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह, प्रेरणा राज्यलक्ष्मी शाह अस्पताल पुगेका छन् । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएको खबर प्राप्त भएपश्चात उनीहरु आइतबार बेलुका पोखराबाट काठमाडौँ आइपुगेका हुन्। पूर्वराजा ज्ञानेन्द्र शाह भने पोखरामा कार्यक्रम भएकाले काठमाडौँ आइपुगेका छैनन्।
पारसको मुटुमा यसअघि पनि समस्या देखिएको थियो ।











प्रतिक्रिया