मानिसको वास्तविक नाता के हो ?

1.79k
Shares

म एउटा खबर जान्न चाहन्छु– तपाईँलाई कस्तो छ ? कुशलमङ्गल हुनुहुन्छ या हुनुहुन्न ? मैले यो प्रश्न किन सोधेँ ? यसको पनि एउटा अर्थ छ । प्रायः मानिसहरूले एक–अर्कालाई सोध्ने गर्छन्, ‘तपाईँलाई कस्तो छ ?’ यो प्रश्न दैनिक जीवनको एउटा सामान्य प्रश्न हो ।

हामी आफ्ना आफन्तजन, साथीसङ्गी अनि सहकर्मीहरूलाई यही प्रश्न सोध्ने गर्छौँ तर हामीले कहिल्यै यो प्रश्नका बारेमा गहिरिएर यसको अर्थ के हो भनेर सोचेका छौँ ! यथार्थ कुरा त के हो भने, ‘तपाईँलाई मानिसको शरीर प्राप्त भएको छ अनि तपाईँ जीवित हुनुहुन्छ ।’ यो कुनै आध्यात्मिक वा धार्मिक कुरा होइन तर यो एउटा साधारण भईकन पनि महत्त्वपूर्ण कुरा हो ।

आजकल कैयौँ मानिसले आपूmलाई भाग्यशाली ठान्दैनन् ! यदि तपाईँले आफ्नो जीवनप्रति ध्यान मोड्नुभयो भने तपाईँले आपूm भाग्यशाली रहेछु भन्ने कुराको बोध गर्नुहुनेछ । तपाईँको विचारमा गरिब या धनी हुनु, अग्लो या होचो हुनु, शिक्षित वा अशिक्षित हुनुले निकै अर्थ राख्छ । योभन्दा पनि महत्त्वपूर्ण कुरा के हो भने, तपाईँ जीवित हुनुहुन्छ अनि तपाईँसँग यो अनमोल मानिसको शरीर छ ।

धनी हुनुहुन्छ या गरिब, अग्लो हुनुहुन्छ वा होचो, शिक्षित हुनुहुन्छ या अशिक्षित भन्ने कुराहरूको अर्थ छ तर यो सबै अर्को व्यक्तिसँग जोडिएको कुरा हो । तपाईँ जागिरका लागि जाँदै हुनुहुन्छ भने तपाईँले कति पढ्नुभएको छ भन्ने कुरा जान्नु आवश्यक हुन्छ । यदि तपाईँ अनपढ हुनुहुन्छ, पढाइलेखाइ आउँदैन भने जागिर पाउन गाह्रो हुन्छ । तर, यसबाट मलाई केही पनि फरक पर्दैन ।

यदि तपाईँ पढ्न सक्नुहुन्न भने पनि केही छैन । किनभने, मैले कुरा गरिरहेको किताब पढ्नका लागि आँखाको होइन, हृदयको आवश्यकता पर्दछ र त्यो तपाईँसँगै छ । तपाईँ अग्लो या होचो हुनुहुन्छ भन्ने कुरा तपाईँकी श्रीमती वा प्रेमिकासँग जोडिएको विषय हो । यदि तपाईँकी श्रीमती एकदमै अग्ली छिन् अनि तपाईँ होचो हुनुहुन्छ भने कुराकानी गर्नमा केही कठिनाइ हुन सक्ला तर यो यसै कुरासँग मात्रै सम्बन्धित विषय हो ।

धनसम्पत्तिको कुरा विशेषतः तपाईँको परिवारसँग जोडिएको हुन्छ । परिवारले त तपाईँ कमाउनुहोस्, तिनलाई खुवाउनुहोस्, उनीहरूका लागि घर बनाइदिनुहोस् अनि अरू अत्यावश्यक कामहरू गरिदिनुहोस् भन्ने चाहना राख्छ । यसमध्ये वास्तविक मानिस को हो ? एउटा नाता परिवारसँग हुन्छ ।

अर्को नाता जागिर खाने स्थानसँग हुन्छ । एउटा सम्बन्ध श्रीमतीसँग हुन्छ । प्रेमी वा प्रेमिकासँगको नाता हुन्छ । यी सबै नातासम्बन्धबाहेक मानिसको वास्तविक नाता के हो ? मानिसको वास्तविक सम्बन्ध स्वयंसँग हुन्छ । तपाईँले आपूmले आपूmलाई चिनेका दिन, ती सृष्टिकर्ता, ती अनन्तलाई चिनेका दिन तपाईँका लागि सबैथोक प्राप्त भयो । उनी तपाईँभित्र छन् भने मात्रै तपाईँ जीवित हुनुहुन्छ । उनले छोड्नासाथ तपाईँ पनि रहनुहुनेछैन । अतः सबैभन्दा पहिला उनीसँग नाता गाँस्नुहोस् अनि आफ्नो जीवनलाई आनन्दले भर्नुहोस् ।

जेसुकै भइरहेको होओस्, जस्तोसुकै दुःख होओस्, प्रकृतिमा जेसुकै भइरहेको होओस्, मानिसले चाहँदा त्यस्तो परिस्थितिमा पनि आनन्दका साथ आफ्नो जीवन बिताउन सक्छ । तपाईँ आफ्नो जीवनमा के चाहनुहुन्छ ! किनभने, मानिसलाई हरेक कुराको चिन्ताले सताउँछ तर चिन्ता कुन कुराको हुनुपर्छ ? चिन्ता त यही नै हुनुपर्छ, ‘जबसम्म म यहाँ जीवित छु, मेरो समय व्यर्थ नजाओस् ।’ हामीलाई आफ्नो जिन्दगीमा के कुरा थाहा हुनुपर्छ भने हामीले के गर्नुपर्छ ! मानिसहरू भन्छन्, ‘यस्तो गर्नुपर्छ, उस्तो गर्नुपर्छ ।’ हामी तिनै कुराका पछि लाग्छौँ । तर, त्यसका लागि तपाईँलाई मानिसको शरीर प्राप्त भएको होइन । मानिसको शरीर त कुनै अर्कै प्रयोजनार्थ पाइएको हो ।

मानिसको शरीर यसकारण पाइएको हो– म आफ्नो समयलाई, आफ्नो जीवनलाई सफल पार्न सकूँ । मैले तपाईँलाई आफ्ना सबै जिम्मेवारीलाई छोडिदिनुहोस् भन्न खोजेको होइन । तर, ती जिम्मेवारीलाई वहन गर्दागर्दै पनि त्यस जिम्मेवारीलाई पनि बुझ्नुहोस्, जसका लागि यो मानिसको शरीर पाइएको छ । ती सारा कुराहरू जे भइरहेका छन्, तिनबाट तपाईँ विचलित नहुनुहोस् । वास्तवमा ती कुराहरूले मानिसलाई चिन्तित तुल्याएका हुन्छन् ।

तिनबाट मानिस चिन्तित हुन्छ । तर, तपाईँलाई आनन्द चाहिएको छ । त्यो आनन्द तपाईँभित्रै छ । जुन शक्तिहरू तपाईँसँग छन्, तपाईँ तिनलाई बिर्सनुहुन्छ । भ्रमित हुने सबैभन्दा ठूलो कारण मानिसका लागि यही नै हो– जुन कुरा उसलाई थाहा छ, त्यही कुरालाई ऊ बिर्सन्छ । उसले बिर्सेपछि उसलाई यो कुराको ज्ञान हुँदैन– ‘अब म के गरूँ !’ यदि हामी आफ्नो जीवनमा सचेत भएर अघि बढ्यौँ– ‘यो मेरो जीवन हो । यो मेरा लागि प्राप्त भएको छ । यदि एक–एक पाइला हामीले सचेत भएर अघि बढायौँ भने यो जीवनमा जिम्मेवारीहरू हुँदाहँुदै, समस्याहरू हुँदाहुँदै पनि हामीलाई जीवन जिउँदा आनन्द प्राप्त हुन्छ । कस्तो आनन्द ? यस्तो खालको आनन्द प्राप्त हुन्छ– ‘जब मानिसले बुझ्छ, यी जुन समस्याहरू आइरहेका छन्, जसका कारणले म विचलित भइरहेको छु । म भ्रमित हुनु आवश्यक छैन । अनि, यो समस्या पनि अवश्य जानेछ ।’

यस्ता समस्याहरू त आउनेजाने भइरहन्छन् । तर, तपाईँ आत्तिनु आवश्यक छैन । तपाईँ दुःखी हुनु आवश्यक छैन । तर, एउटा अर्को चीज पनि छ आउने–जाने भइरहन्छ । अनि, जबसम्म त्यस चीजको आवागमन भइरहन्छ, समस्याहरू पनि आउनेछन् अनि जानेछन् । केही समस्यालाई तपाईँले ध्यान दिनुभयो । केही समस्यामा तपाईँ निकै दुःखी हुनुभयो । केही समयपछि ती समस्याहरू पनि गए तर एउटा चीज छ– जुन तपाईँभित्र आइरहेको छ अनि गइरहेको छ । जबसम्म त्यो आइरहेको छ र गइरहेको छ तबसम्म सबै कुरा राम्रो हुन्छ । तर, त्यो नआएपछि तपाईँसँग सबैभन्दा ठूलो समस्या हुनेछ । त्यतिखेर तपाईँसँग त्यो समस्या समाधानको कुनै उपाय रहनेछैन ।

कुरा ती समस्याहरूको होइन । त्यो श्वासलाई स्वीकार गर्ने अनि तपाईँभित्र भएको चीजलाई बुझ्ने कुराचाहिँ हो । तपाईँ त्यो चीजलाई चिन्नुहोस् । तपाईँ त्यो चीजलाई पहिचान गर्नुहोस् । त्यो चीज के हो ! अनि, तपाईँको ध्यान त्यसमा रहुन्जेलसम्म तपाईँको जीवनमा आनन्द हुन्छ । यो जीवन तपाईँका लागि हो । किनभने तपाईँ त्यो आनन्दलाई बुझ्न सक्नुहोस् । यो जुन श्वास तपाईँभित्र आइरहेको छ अनि गइरहेको छ । यो पनि यसकारण हो ताकि तपाईँभित्र रहेको त्यो चीजलाई तपाईँले चिन्न सक्नुहोस् ।

किनभने, त्यही नै हुनेछ ः जुन माटोबाट तपाईँ आउनुभएको थियो, त्यही माटोमा गएर तपाईँ मिल्नुहुनेछ ! यो पृथ्वी, तारा, जे जति पनि तपाईँ देखिरहनुभएको छ सबै यही माटोबाट बनेका हुन् । तपाईँ पनि यही माटोबाट बन्नुभएको छ । यसैबाट आउनुभयो र यहीँ गएर मिल्नु छ । यस्तै हुनेछ । चाहे तपाईँले जुनसुकै उपाधि हासिल गर्नुहोस्, तपाईँले जेसुकै गर्नुहोस् तर यस्तै हुनेछ । यस्तै नै भइरहेको छ र पछि पनि हुनेछ ।

एकदिन यस्तो पनि आउनेछ– तपाईँ यहाँ हुनुहुनेछैन । एकदिन यस्तो पनि हुनेछ– यो सारा सृष्टि नै पनि यहाँ रहनेछैन । चन्द्रमा, सूर्य, तारा पनि रहनेछैनन् । तर, आजको सत्य, त्यो वास्तविक सत्य के हो ?– तपाईँभित्र यो श्वास आइरहेको छ अनि गइरहेको छ । के कुरा सिक्नुपर्छ भने यसलाई कसरी स्वीकार गर्ने हो, यसलाई कसरी अपनाउने हो अनि आफ्नो जीवनलाई कसरी सफल तुल्याउन सकिन्छ । यो सिक्नुपर्ने कुरा छ । यदि यस कुरालाई सिक्नुभयो, यसलाई जान्नुभयो भने त सबै कुरा जान्नुभयो । तर, यसलाई जान्नुभएन भने केही पनि जान्नुभएन । केही पनि सिक्नुभएन ।

एउटा सानो कथा छ । एकपटक राजाकहाँ अर्कै देशबाट केही मानिसहरू आए । अनि उनीहरूले भने– ‘हामीलाई स्थान दिनुहोस् । हामी आफ्नो घर बनाउन सकौँ । घर निर्माण गर्न सकौँ । राजाले भने, ‘म तपाईँहरूलाई एउटा उदाहरण देखाउँछु । उनले दुई गिलास दूध मगाए । एउटा ठूलो गिलासमा अनि एउटा सानो गिलासमा । उनले सानो गिलासको दूधलाई ठूलो गिलासमा राखे ।

ठूलो गिलासको दूधमा थपियो तर त्यो त पहिल्यै भरी थियो । त्यसकारण दूध पोखियो । अनि, राजाले भने– ‘हाम्रो अवस्था यस्तै छ । यहाँ पहिलादेखि नै ठाउँ भरिभराउ छ । यदि तपाईँका मानिसहरू यहाँ आउनुभयो भने हामी तपाईँलाई कुन स्थानमा राखौँ । त्यसकारण तपाईँहरू जानुहोस् ।’ त्यहाँबाट आएका मानिसहरूमध्ये पनि एकजनाचाहिँ बुद्धिमान मानिस थिए । उनले भने, ‘ठीकै छ ! म तपाईँलाई उत्तर दिन चाहन्छु ।’ उनले राजालाई भने, ‘एक गिलास दूध र चिनी मगाउनुहोस् ।’ उनले त्यो चिनीलाई लिए अनि त्यो दूधको गिलासमा हालेर घोलिदिए । उनले भने, ‘हामी यस्तै छौँ । हामी चिनी हौँ । हामी घोलिएर मिठास भरिदिन्छौँ ।’ त्यसपछि राजालाई बोध भयो अनि उनले आगन्तुकहरूलाई त्यहाँ बस्ने व्यवस्था मिलाइदिए ।


परिवारमा पनि कहिलेकाहीँ सानोतिनो अन्तरविवाद भइहाल्छ । कहिले छोराछोरीसँग कुरा मिल्दैन, कहिले कसैसँग कुरा मिल्दैन । घरमा जति पनि सदस्यहरू छन्, के उनीहरू चिनी बन्न सक्दैनन् ! जसले गर्दा उनीहरूले यो परिस्थितिमा पनि सबैका लागि मिठास ल्याउन सकून् । तीतोपनाका लागि त पूरै जीवन छ, तर यो समय आनन्दपूर्वक अनि बुद्धिमतापूर्वक बितोस् ।
आपूmसँग रहन सिक्नुहोस् । चिन्तामा होइन, आनन्दमा, किनकि मनले त चिन्तातर्पm डो¥याउँछ । हृदयले चाहिँ आनन्दतर्पm लैजान चाहन्छ । आनन्दको बाटोमा हिँड्नुपर्छ ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल ।