पाकिस्तान बाहिरिँदा प्रधानमन्त्री रिसाए


कराची, (एजेन्सी)

आयोजक पाकिस्तान जारी च्याम्पियन्स ट्रफीको समूह चरणबाटै बाहिरिएको छ । पाकिस्तानले तीन खेल खेलेकोमा कुनै खेल पनि जित्न सकेन । समूहमा न्युजिल्यान्ड र भारतसँग पराजित भएसँगैं आयोजक टोली बाहिरिएको हो । टोलीको बंगलादेशविरुद्धको अन्तिम खेल भने वर्षाको कारण रद्द भएको थियो ।

टोलीको खराब प्रदर्शनले पाकिस्तानमा हंगामा पनि भयो । पाकिस्तानका प्रधानमंत्री शहबाज शरीफले यस मामिलाको कैबिनेट र संसदमा चर्चा गर्ने बताए । प्रधानमन्त्रीका राजनीतिक र सार्वजनिक मामिलाका सल्लाहकार राना सनाउल्लाहले जियो टिभीको कार्यक्रमा यसको जानकारी दिएका थिए ।

पाकिस्तानले २९ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्अन्तर्गतको प्रतियोगिताको आयोजना गर्ने अबसर मिलेको हो । यसअघि पाकिस्तानले सन् १९९६ मा आईसीसीको एकदिवसीय विश्वकप भारतसँग मिलेर आयोजना गरेको थियो ।

सल्लाहकार सनाउल्लाहले बताए—यस प्रतियोगिताको लागि १२ देखि १४ अर्ब रकम खर्च गरिएको छ । तर, टोली छिटै बाहिरियो । मलाई यो कुराको निकै अफशोच भयो । संसार क्रिकेट खेल्छन् हामी भने रमिते बन्छन् । यसले पुरै पाकिस्तान दुःखी भएको छ । पाकिस्तानी क्रिकेट बोर्डसँग धेरै पैसा छ । तर, अधिकारीहरू पैसाका लागि टिकेका छन् । यसैले यो बोर्डमाथि सरकारको नियन्त्रण हुनुपर्छ ।

पाकिस्तानको पछिल्ला प्रतियोगिताको नतिजाः

-टी २० विश्वकपमा चारमध्ये दुई खेल जितेपनि टोली सुपर आठमा पुग्न सकेन । यो नतिजाले बाबर आजम कप्तानबाट हट्नु परेको थियो । यस्तै, कोच गेरी कस्र्टन र जेसन गिलेस्पीलाई हटाइएको थियो ।

-भारतमा भएको एकदिवसीय विश्वकपमा पहिलो चरणबाटै बाहिरिएको टोलीले ९ मध्ये ४ खेलमा मात्रै जित हासिल गर्न सकेको थियो । जबकी ५ खेलमा हार मिलेको थियो । यसपछि कप्तान बाबर आजमले कप्तानी छाडेका थिए । यस्तै, क्रिकेट निर्देशक मिकी आर्थर, ग्रांट ब्रैडबर्न र एंड्रयू पुटिकले पनि पदबाट राजीनामा दिएका थिए ।