न्यायमाथि र्‍याप प्रतियोगिता


काठमाडाैं ।

आगामी फागुन २९ गते रिलिज हुने फिल्म आउट लः दफा २१९ को निर्माण समूहले न्याय शीर्षकमा र्याप प्रतियोगिता आह्वान गरेको छ।

स्याडो पिक्चर्स र रिट्रो फिल्मकाे ब्यानरमा बनेको फिल्मको र्याप प्रतियोगितामा सहभागी हुन चाहनेले न्याय शीर्षकमा र्याप गीत लेखेर रेकर्ड गराइ भिडियो पठाउन सक्ने निर्माण समूहले जनाएको छ।

प्रतिस्पर्धीले फागुनको २३ गतेसम्म पठाएको भिडियो फिल्म सामाजिक सञ्जाल पोष्ट गरी सर्वाधिक धेरै लाइक र भ्यूज प्राप्त गर्न सफल प्रतिस्पर्धीलाई १ लाख रुपियाँ पुरस्कार प्रदान गरिनेछ।

फिल्मले न्यायको कथा भन्ने भएकाले यही शीर्षकमा प्रतियोगिता आह्वान गरिएको फिल्मका निर्माता अमित अग्रहरिले जानकारी गराए।

विक्की महर्जनको लेखन र निर्देशनमा बनेको फिल्ममा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारीलगायतका कलाकारले अभिनय गरेका छन्।

विनोद कठायत कार्यकारी निर्माता, र विकास चौधरी सह–निर्माता रहेको फिल्ममा चुल्ठे काजीको एक्सन, नविन गुरुङको छायांकन र साहिल खानको सम्पादन रहेको छ।