हिस्टोरिकल ब्लकबस्टर फिल्म पूर्ण बहादुरको सारंगीका निर्देशक सरोज पौडेलको निर्देशनमा बन्ने फिल्म कोसेढुंगाको बुधबार महाशिवरात्रीको अवसर पारेर राजधानीमा आयोजित एक कार्यक्रमका बीच शुभमुहूर्त गरी सुटिङ शुरू गरिएको छ।
करिब एक साता काठमाडौंमा छायांकन गरी बाँकी सुटिङ स्याङ्जामा गरिने फिल्ममा आर्यन सिग्देल, सरोज खनाल, सुरक्षा पन्त, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्धव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायका कलाकारले अभिनय गर्नेछन्।
महिलाप्रधान फिल्ममा सुरक्षा पन्त लिड रोलमा छिन्। नरदेवी फिल्म्स्को ब्यानरमा किशोर अनुराग र प्रेविल कँडेलद्वारा निर्माणाधीन फिल्ममा संगीत रिदम कँडेल र आशीष अविरल, डीओपी बाबु श्रेष्ठ तथा सम्पादन सुरेन्द्र पौडेलको रहनेछ।
सरोजद्वारा निर्देशित पूर्ण बहादुरको सारंगीले नेपालमा मात्रै करिब ५० करोड ग्रस कलेक्सन गरेको थियो। दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्ममा आगामी वर्ष रिलिज हुनेछ।











प्रतिक्रिया