स्वास्थ्य सचिवमा सिफारिस तीनै जना एकसे एक कसले मार्ला बाजी ? 


काठमाडौँ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आईबारबाट रिक्त हुन आएको सचिव पदका लागि छनोट समिति गठन गरी  प्रकृया शुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदबाट यही  फागुन ११ गते आइतबारबाट डा रोशन पोखरेल उमेर हदका कारण अवकास भएकाले  सचिव पद खाली भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त सचिव पदका लागि तीन जनाको नाम सिफारिस भएको छ । नयाँ सचिव नियुक्तिका लागि सिफारिस समितिमा लोक सेवा आयोगका अध्यक्ष माधव शर्मा रहेका छन् । उनको अध्यक्षतामा सोमबार बेलुका बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा विभागको महानिर्देशक पद सम्हाली सकेका  तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा विकास देवकोटा, पूर्व महानिर्देशक डा संगिता मिश्र र स्वास्थ्य मन्त्रालयकै डा टंक बाराकोटी रहेका छन् । बढुवा समितिले नियम संगत तीन जनाको नाम सिफारिस गर्नुपर्ने भएकाले तीनै  जना बाह्रौँ तहका चिकित्सकको नाम सिफारिस भएको छ ।

यसअघि सोमबार बिहान बसेको समितिको पहिलो बैठकले सचिवका लागि योग्य कर्मचारीसंग विबरण माग गर्ने निर्णय गरेको थियो । अब मन्त्रिपरिषद्को बैठकले तीन मध्ये एक जनालाई सचिवमा नियुक्त गर्नेछ ।