काठमाडौँ।
नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिकास्थित बेलासपुरमा दुई समूहबिच झडप भएको छ । प्रेम विवाहको विषयलाई लिएर मंगलबार बिहान बेलासपुर र प्रसौनीका केही व्यक्तिबिच झडप भएको प्रहरीले जनाएको छ ।
केटा पक्षकाले केटी पक्षका घरमा आएर आगजनीको प्रयास गरेपछि झडप भएको स्थानीयले बताएका छन्।
झडप नियन्त्रणका लागि प्रहरीले ३ राउन्ड हवाई फायर र ७ राउन्ड अश्रु ग्यासको प्रयोग गरेपछि झडप नियन्त्रणमा आएको प्रहरीको भनाइ छ।
अहिले स्थिति नियन्त्रणमा आइसकेको छ।











प्रतिक्रिया