काठमाडौँ।
नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलसँग युवा आदान प्रदान कार्यक्रममा सहभागी प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेका छन्।
सैनिक मुख्यालय जंगी अड्डमा आइतबार प्रधान सेनापति अशोक राज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारत, भुटान र माल्दिभ्सका राष्ट्रिय क्याडेट कोरका प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको नेपाली सेनाले जनाएको छ।
महाशिवरात्रि एवं नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय सेवा दलद्वारा आयोजना हुने युवा आदान प्रदान कार्यक्रममा सहभागी हुन उक्त टोली नेपाल भ्रमणमा आएको हो । भ्रमणको दौरानमा सो टोलीले राष्ट्रपति, प्रधानमन्त्री तथा रक्षा मन्त्रीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

उक्त टोलीले यही फाल्गुण १४ गते सैनिक मञ्ज, टुँडिखेलमा आयोजना हुने सेना दिवसको विशेष कार्यक्रम तथा फाल्गुण १८ गते राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजको अवलोकन गर्नेछ ।
त्यसैगरी भ्रमण टोलीले विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।











प्रतिक्रिया