सिराहा।
धनगढीमाई नगरपालिका-१० स्थित सडकमा प्रदेश २-०१-००१ ख ०१२१ नम्बरको टिपरले प्रदेश २-०३-०१६ प ०८३४ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका-५ बस्ने ५७ वर्षीय अजबलाल साहको मत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया