मशाशिवरात्रीको अवसर पारेर बुधबार रिलीज हुने फिल्म मायावीमा समावेश भजन गीत माता विन्धवासिनी सार्वजनिक गरिएको छ।
एसडी योगीको स्वर र संगीत तथा राम अविरल बिष्टको शब्द रचना रहेको भजनको भिडियोमा फिल्मका मुख्य कलाकारहरु पल शाह, दीपिका प्रसाँई, करिश्मा श्रेष्ठ, सुशिल सिटौलालगायतलाई फिचरिङ गरिएको छ।
भजन विन्धवासिनी मन्दिरमा नै छायांकन गरिएको छ। दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा बनेको फिल्ममा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौडेल, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिंम्खडा, संगीता सिलवाल, नव–नायक समीम खानलगायतले अभिनय गरेका छन्।











प्रतिक्रिया