अधिकांश सिक्वेल फिल्म पूरानै निर्देशकले निर्देशक गर्छन्। कमेडीको फरक स्वाद बोकेर २०७२ सालमा रिलीज भएको रेशम फिलिली भने डेब्यू निर्देशक निरोज महर्जनले निर्देशन गरेका छन्। सिक्वेल फिल्म नया“ निर्देशकले निर्देशन गरेपछि आम प्रश्न थियो यीनले फिल्मको पुरानो साख कायम गर्लान?
तर निरोज रेशम फिलिली निर्माण प्रक्रियामा पनि सामेल थिए। ‘म पनि त्यो टिमको सदस्य नै थिए। कहिले असिस्ट गरिराको हुन्थे। कहिले विनय दाइ (विनय श्रेष्ठ) को डायलग लेखिरा हुन्थे। त्यसमा प्रोडक्सन मेरो मामाले हेरिरहनु भाथ्यो।
निर्देशक (प्रणव जोशी) सँग पहिलेदेखि चिनेको तथा काम गरिरहेको थिएनै। म्यूजिक भिडियोमा सँगै काम गरिरहेका थियौँ’ महर्जनले भने ‘यो फिल्म गर्न चाहिँ सबै कुरा जुर्दै गयो। मलाई लाग्यो डेब्यूका लागि योभन्दा अर्को उत्कृष्ट अवसर नहोला। त्यसका अलावा यो कथा पूर्णरुपमा मेरो हो। मलाई भन्न मन लागेको कथा।’

फिल्मले दर्शकलाई वाचा गरेको भरपुर हासोको मनोरञ्जन हो। ‘पहिलेको जस्तै अहिलेको फिल्मले पनि दर्शकलाई हसाउनेछ। त्यसका अलवा मैले टिजर ट्रेलरमा नट जस्ट अ कमेडी भनेर बकाइदा लेखिदिएको छु। यसमा कथा छ जसले सन्देश पनि दिन्छ। निश्चित रुपमा यो पहिलो भन्दा फरक छ’ निरोज भन्छन् ‘पहिलोभन्दा कथाका हिसाबले यो अझ राम्रो छ। विषय र मुद्धामा अगाडि छ।’
महाशिवरात्रीको अवसर पारेर आगामी बुधबार रिलीजमा आउने फिल्ममा विनय श्रेष्ठ, सुपुष्प भट्ट, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङदेल, रविन्द्र झा, कामेश्वर चौरासिया, मेक्सम गौडेल, महेश त्रिपाठी, एवनराज उप्रेती, सजन थापालगायतलगायतले अभिनय गरेका छन् भने निर्देशक महर्जनको कथा, निर्देशक महर्जन र आकाश बरालको पटकथा, कालीप्रसाद बांस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत, नरेश किङ योगीको द्वन्द्व निर्देशन, सुसन प्रजापतीको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।











प्रतिक्रिया