काठमाडौँ।
बिहीबार साँझबाट ह्याकरको कब्जामा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइट अहिले भने ह्याकर मुक्त भएको छ ।
मन्त्रालयका आईटी प्राविधिक, राष्ट्रिय सूचना प्रविधि आयोगका प्राविधिक तथा अन्य आईटी प्राविधिकको सहयोगमा वेवसाइट ह्याकरको नियन्त्रणबाट फिर्ता भएको हो ।
शुक्रबारको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले वेवसाइट बिहीबार बेलुकादेखि ह्याक भएको जनाउँदै ह्याकरको कब्जाबाट फिर्ता ल्याउनका लागि आईटी प्राविधिकहरु लागि रहेको बताएका थिए ।











प्रतिक्रिया