नाैकुण्डमा विविध अचार बनाउने  तालिम सुरु

1.97k
Shares

रसुवा। 

रसुवाको नाैकुण्ड गाउँपालिकाको कार्यालय पारच्याङमा यही फागुन ९ गतेदेखि  विविध अचार बनाउने तालिम सुरु भएको छ। । महिला बालबालिका तथा ज्येष्ठ नागारिक शाखा तथा नाैकुण्ड उद्यम शाखाको आयोजनामा सञ्चालन भएको उक्त  ७ दिने तालिम १५ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ। 

 ४५ जना उद्यमीहरु काे सहभागितामा संविधान सभा सदस्य तथा युवा उघमि प्रशिक्षक शान्ता चौधरिले तालिम प्रदान गरिरहेकी छन् ।

नाैकुण्ड उद्यम शाखाका कृष्ण न्याैपानेका अनुसार नाैकुण्ड भरि छरिएर रहेका उद्यमहरूलाई स्वरोजगार बनाई गाउँ मै आर्यआर्जन बनाउने उदेश्य ले सन्चालित विविध प्रकारका अचार बनाउने सीप विकास तालिमले महत्त्वपूर्ण  उपलब्धि हुने विश्वास लिइएको प्रशिक्षक शान्ता चाैघरि ले जानकारी दिइन् ।

तालिमको अवसरमा नाैकुण्ड गापाका उपाध्यक्ष चन्द्र बहादुर गलान,वडा नम्बर ६ का वडा अध्यक्ष याे नुर्पु तामाङ,युवा उघमि तथा समाजसेवि जयराम घले,वडा सदस्य लवाङ नुर्पु तामाङ,शान्ति विक,पूर्व वडाअध्यक्ष तथा भाेर्ले जिवजिवे साना किसान सहकारी संस्थाका अध्यक्ष रामहरि देवकोटाकाे उपस्थितिमा तालिम उद्वघाटन भई  तालिमको शुभारम्भ गरिएको छ । तालिम फागुन ९ गते देखि १५ गते सम्म सञ्चालन हुने उघम विकास सहजकर्ता न्यौपानेले जानकारी दिए ।