काठमाडौं।
काठमाडौं महानगरपालिका-१३ पुरानो कालिमाटीस्थित निर्माणाधीन सडकमा रोलरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङ गंगाजमुना गाउँपालिका-५ का ५५ वर्षीय साने गुरुङ रहेका छन्।
निर्माणाधीन पिच सडक पेल्ने रोलरले राति १ बजे गुरुङलाई ठक्कर दिएको थियो। ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटना पछि फरार रहेका चालक मकवानपुर थाहा नगरपालिका-५ घर भई काठमाडौं नागार्जुन नगरपालिका-१० स्यूचाटार बस्दै आएका १८ वर्षीय उमेश स्याङताङ पक्राउ परेका छन्।
उनलाई स्यूचाटारबाटै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
स्याङताङलाई प्रहरी वृत्त कालिमाटीमा पठाइएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया