नयाँदिल्ली।
भारतीय जनता पार्टीकी सांसद रेखा गुप्ताले केन्द्रीय राजधानी दिल्लीको मुख्यमन्त्री पदको शपथ लिएकी छन्।
दिल्लीको राम लीला मैदानमा आयोजित शपथ ग्रहण समारोहमा मुख्यमन्त्री गुप्तालाई दिल्लीका उपराज्यपाल विनयकुमार सक्सेनाले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
गुप्ता शालिमारबागबाट निर्वाचित भएकी थिइन्। यसअघि दिल्ली नगर निगमको मेयर समेत भइसकेकी उनी भाजपा दिल्लीकी महासचिव र महिला मोर्चाकी उपाध्यक्ष पनि हुन्। गुप्ताका साथै प्रवेश वर्मा, मनजिन्दर सिंह सिरसा, रवीन्द्र इन्द्राज सिंह, आशिष सूद, कपिल मिश्रा र पंकजकुमार सिंहले मन्त्री पदको शपथ लिएका छन्।
भाजपाले कुल ७० सिटमध्ये ४८ सिट जितेको छ। बुधबार साँझ बसेको दिल्लीको भाजपा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो।
प्रवेश बर्माले नयाँ दिल्ली सिटबाट आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरबिन्द केजरीवाल र कांग्रेसका उम्मेदवार सन्दीप दीक्षितलाई विधानसभा चुनावमा हराएका थिए। यसअघि आम आदमी पार्टीमा समेत रहिसकेका कपिल मिश्रा अरबिन्द केजरीवालको सरकारमा पनि मन्त्री थिए।
दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टीले ७० मध्ये ४८ सिटमा जित हासिल गरी आम आदमी पार्टीको एक दशक लामो शासनको अन्त्य गरिदिएको थियो।











प्रतिक्रिया