प्रकृति लम्सालको शव नेपाल आइपुग्यो


काठमाडौँ। 

भारतको ओडिसा भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)को छात्रावासमा मृत भेटिएकी प्रकृति लम्सालको शव नेपाल  आइपुगेको छ। केहीबेर अघि उनको  शव  नेपाल आइपुगेको हो।  

केआइआइटीमा स्नातक अन्तिम वर्षमा अध्ययनरत भैरहवाकी २१ वर्षीया प्रकृति लम्साल आइतबार  छात्रावासमा मृत भेटिएकी थिइन्। 

घटनाको जानकारी पाएपछि प्रकृतिका बुवा भारतको ओडिसा पुगेका थिए।

 प्रकृतिका बुवा सुनील लम्साललगायत शव लिएर बिहान १० बजे भारतको ओडिसास्थित भुवनेश्वरबाट हिँडेका थिए। प्रकृतिको शव भैरहवास्थित घर ल्याएपछि दाहसंस्कार गर्ने तयारी भएको बताइएको छ।