हलेसी बजारको आगलागी नियन्त्रणमा


काठमाडौँ।

हलेसी बजारमा आइतबार साँझ भएको आगलागी नियन्त्रणमा आएको छ। हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट साँझ ६ बजेतिर सुरू भएको आगो सुरक्षा निकाय, स्थानीय तथा नेपाली सेनाको रणभीम गणबाट खटिएको फायर फाइटिङ्ग टोलीले नियन्त्रणमा लिएको हो।

आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ । मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल नष्ट भएको स्थानीयवासीले बताएका छन् ।

सुख्खाग्रस्त क्षेत्रका कारण आगो निभाउन पानी अभाव भएको थियो।