धोबिखोलामा कार खस्यो


काठमाडौँ।

काठमाडौँको धोबिखोलामा बा २१ च ६६१४ नम्बरको कार खसेको छ । मदन भण्डारी कलेज छेउमा आइतबार सांझ कार खसेको हो ।
प्रहरीका अनुसार कार अनियन्त्रित भएर खोलामा खसेको हो।

मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । यसअघि गत पुसमा पनि एउटा कार खसेको थियो।