सवारी दुर्घटनामा चार जनाको मृत्यु


काठमाडौं।

काठमाडौं, शंखरापुर नगरपालिका-५ कात्तिकेस्थित सडकमा बा.२ ख ७९५८ नम्बरको बस सडकबाट २० फिट तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा बसमा सवार मोरङ उर्लाबारी नगरपालिका-७ घर भएका ११ वर्षीय क्रिस्चल पुरी, सिन्धुपाल्चोक बलेफी गाउँपालिका-७ बस्ने २३ वर्षीय सुरेश तामाङ र काठमाडौं बौद्ध बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-३ घर भएका १४ वर्षीय शुसाङ्क डोटेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका क्रिस्चलको शिक्षण अस्पताल महाराजगंजमा, सुरेशको नेपाल मेडिकल कलेजमा र शुसाङ्कको शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार ४३ जना मध्ये २ जनाको केएमसि अस्पतालमा, ९ जनाको एनएमसि अस्पतालमा, १ जनाको मेडिसिटी अस्पतालमा, २ जनाको शिक्षण अस्पताल महाराजगंजमा, १ जनाको हेल्पिङ हेण्ड अस्पताल चाबहिलमा र १ जनाको पिपुल्स लाइफ कियर अस्पतालमा उपचार भइरहेको छ भने २७ जना उपचार पश्चात डिश्चार्ज भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिराहा, सिरहा नगरपालिका-३ स्थित सडकमा रमौलबाट मखनाहातर्फ आउँदै गरेको स.५ प २५१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ बस्ने ४० वर्षीय शत्रुधन साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।