घाईते जंगली हात्तीकाे उपचार


रौतहट ।

दुई महिना देखि चन्द्रपुर नगरपालिकाको उत्तरी भेगमा देखापरेको घाईते जङ्गली हातीको बिहीबार उपचार भएको छ ।

। राष्ट्रिय प्रकृती संरक्षण कोष सौराहा चितवनका पशु चिकित्सक अमिर सडौला र बन्यजन्तु प्राबिधिक तीर्थ लामाको टोलिले एमगज नाम गरेको घाईते जङ्गली हातीको घाउ सुक्ने एन्टिबायोटिक दिएर उपचार गरेको हो ।

विगत तीन महिना देखि दाया खुट्टा घोडा मुनी र घाटीमा धातुको बस्तुले सुनिएको अबस्थामा बस्ति डुल्दै हिडने जङ्गली हातीको कसैले गोलि हानेको हुन सक्ने आशका गरिएको छ ।

चन्द्रपुर नगरपालिका–२ स्थित हिलेखोलाको पोखरीडाडाको महादेब स्थान सामुदायिक बन उपभोक्ता समुहको जङ्गलभित्र टयाककोलाईज (डार्क) गरी बेहोस बनाएर उपचार गरिएको राष्ट्रिय प्रकृती संरक्षण कोषका पशु चिकित्सक अमिर सडौलाले बताए ।

उपचार सकिएलगत्तै हात्ती व्युँझिएपछि त्यसै स्थानमा छाडिएको थियो । बेहोस भएको आधा घण्टाभित्र पशुचिकित्सक टोलीले हात्तीको उपचार गरिसकेको थियो । राष्ट्रिय प्रकृती संरक्षण कोषका पशु चिकित्सक सडौलाका अनुसार हामीले घाईते हातीको उपचार मात्र गर्ने हो ।

निको भएपछि उक्त हाती पुरानै स्थानमा फर्कने उहाको भनाई रहेको छ । हातीको उद्धारमा कठिनाई रहेको कारण त्यसै बनक्षेत्रमा छाडिएको छ । सो हाती बस्ति प्रबेश गरेपछि नियन्त्रणको माग स्थानीयले गर्दै आएपनि त्यो भने सम्भब भएन ।