सट्टाबाजीमा सङ्लग्न २३ भारतीय नागरिक सार्वजनिक


काठमाडौँ।

सट्टाबाजीमा सङ्लग्न २३ भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–३ गैरीगाउँस्थित दोर्जे शेर्पाका घरमा अनलाइन जुवा खेलाइरहेको अवस्थामा आइतबार उनीहरूलाई पक्राउ गरिएको थियो ।

पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले  ८१ हजार, ८८ थान मोबाइल, ल्यापटप, भारतीय सीम र आधार कार्ड, एटिएम, सिमकार्डलयायत कारोबारको हिसाब राखिएको नोटबुकसमेत बरामद गरेको थियो । पक्राउ गरिएकाहरूलाई सट्टेबाजी गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडाँैका वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले सो प्रकरणमा करिब तीन अर्बको अनलाइन जुवा खेलाएको हालसम्मको अनुसन्धानबाट खुलेको जानकारी दिए ।