अख्तियारको सुशासन पत्रकारिता  पुरस्कार नेपाल समाचारपत्र राष्ट्रिय दैनिकलाई 


काठमाडौँ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस वर्षको सुशासन पत्रकारिता  पुरस्कार नेपाल समाचारपत्र राष्ट्रिय दैनिकलाई प्रदान गरेको छ । अख्तियारले आफ्नो ३४ औँ स्थापना दिवसका अवसरमा संस्थागत एवं छापा माध्यम तर्फ नेपाल समाचारपत्र राष्ट्रिय दैनिकलाई पुरस्कृत गरेको हो । 

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै अख्तियारले नेपाल समाचारपत्रलाई २५ हजार राशिसहित पुरस्कृत र सम्मानित गरेको हो । 

अख्तियारद्वारा  सोमबार आयोजित विशेष समारोहमा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेललको समुपस्थितिमा विशिष्ट अतिथी सभामुख देवराज घिमिरेबाट सो पुरस्कार नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका सम्पादक सागर पण्डितले ग्रहण गरेका थिए । 

नेपाल समाचारपत्र राष्ट्रिय दैनिकले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा आधारित रहेर नियमित रुपमा नै  विभिन्न खोजमूलक लेख तथा समाचारहरु प्रकाशन गर्दै आइरहेको छ । 

 सो समारोहमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा भूमिका खेलेको भन्दै  अन्य विभिन्न सञ्चारकर्मीहरु र आयोगका कर्मचारीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।