७५० लिटर अवैध घरेलु मदिरा प्रहरीको नियन्त्रणमा 


काठमाडौँ। 

बारा प्रहरीले ७५० लिटर अवैध घरेलु मदिरा  नियन्त्रणमा लिएको छ।  

इलाका प्रहरी कार्यालय, अमलेखगंज बाराबाट खटिएको प्रहरी टोलीले बाराको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज  चोक स्थितमा हेटौडा बाट वीरगंज तर्फ आउँदै गरेको विभिन्न सवारी साधनहरू रोकी चेक जाँच गर्नेक्रममा  लुकाई छिपाई राखेको २५ पोका र ५ ओटा गिलन अन्दाजी ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिएको हो 

यससम्बन्धि  आवश्यक कानुनी प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका  प्रवक्ता तथा सूचना अधिकारप्र.ना.उ.प्रकाश सापकोटाले जानकारी दिए।