भेरी नदीमा बेपत्ता अर्का एक जनाको पनि शव फेला


काठमाडौँ। 

सुर्खेतको  पञ्चपुरी नगरपालिका– १० स्थित भेरी नदीमा खसेर बेपत्ता भएका अर्का एक जनाको शव फेला परेको छ। आइतबार  दिउँसो पूर्वी रुकुम जिल्लाको सिस्ने गाउँपालिका–२ स्थित प्वाङ बस्ने १८ वर्षीय अर्जुन झाक्री मगरको शव उनीहरु डुबेको स्थल भन्दा करिब २ सय मिटर दक्षिणतर्फ सशस्त्र प्रहरीको गोताखोरले  फेला पारेको हो। 

यसअघि माघ २४ गते सोही ठाउँ बस्ने २४ वर्षीय अनिल घर्तीको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको थियो । उनीहरु निमार्णधिन झोलुङ्गे पुलको लठ्ठा तान्ने क्रममा माघ २३ गते दिउँसो सो नदिमा खसेर बेपत्ता भएका थिए ।

घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. ३२ रक्तकाली गण सुर्खेतबाट ६ जना गोताखोरसहितको टोली उनीहरुको खोजिकार्यको लागि निरन्तर परिचालन भएको थियो ।