अपडेट : खानेपानी मन्त्रालयमा लागेकाे आगो नियन्त्रणमा


काठमाडौँ।

सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा लागेको आगो नियन्त्रणमा आएको छ । सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको बताए ।आज बिहान पौने ८ बजे खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आगलागी भएको थियो ।

उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष रहेको छ । आगलागीको क्षतिको विवरण आइसनसके पनि तीनवटा कोठाका भौतिक संरचनाना क्षति भएको प्रहरीको भनाइ छ। साथै त्यहाँ रहेका कागजातसमेत जलेर ध्वस्त भएका छन्।

उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ ।

आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन ।