राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा उपरथी ढकाल


काठमाडौँ।

राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा उपरथी यामप्रसाद ढकाल नियुक्त भएका छन्। उपरथी ढकालले आज (बिहीबार) बाटै राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकको जिम्मेवारी सम्हालेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

यही माघ १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले उपरथी ढकाललाई राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो।