अध्यादेशबाट शासन गर्ने क्रम रोकिनुपर्छ : वर्षमान पुन


काठमाडौँ।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले अध्यादेशबाट शासन गर्ने क्रम रोक्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको विशेष समयमा उनले संसद्का समितिमा छलफलमा रहेका बेला प्रक्रिया पूरा नगरी अध्यादेश ल्याइएकामा आपत्ति जनाए ।

सांसद पुनले संसद्को अवहेलना सहेर बस्ने अवस्था नहुने उल्लेख गर्दै सबै दलले आत्मसमीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिए । महँगी र व्यापार घाटा बढेकाले यस्ता जनसरोकारका मुद्दामा सरकारको ध्यान जान नसकेको बताए ।

प्रमुख प्रतिपक्षी दलको नेताले संसद्मा बोल्दा प्रधानमन्त्री उपस्थित हुनुपर्ने संसदीय संस्कृतिलाई भुल्न थालिएकामा उनले आपत्ति जनाए । नेपाल स्टक एक्सचेञ्जको पुनर्संरचना गरिनुपर्ने सांसद पुनको माग थियो ।