काठमाडौं।
काठमाडौं महानगरपालिका-६ बौद्ध टुसालस्थित सडकमा बा.५ ख ६६४० नम्बरको बसको ठक्करबाट पैदलयात्री सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-५ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ कपन बस्ने ७७ वर्षीया तारा कुमारी भट्टराईको बिहीबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देही, बुटवल उपमहानगरपालिका-५ नेपालगंज रोडस्थित सडकमा लु.२ ख ३३३६ नम्बरको टिपरले लु.४१ प १५२८ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका-१६ बस्ने ४६ वर्षीय उमेश बहादुर भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया