काठमाडौँ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै सदनबाट सरकारले ल्याएका अध्यादेश पारित हुने दाबी गरेका छन्। बिहीबार संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि उनले जनता समाजवादी नेपालसहितको समर्थनमा अध्यादेश पारित हुने दाबी गरेका हुन्।
‘जसपा नेपालसहितको समर्थनमा सरकारले ल्याएका अध्यादेश पारित हुनेछन,’ उनले भने ।
संसदीय दलको बैठकअघि कांग्रेसका नेताहरूले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा भएको छलफलमा अध्यादेशबारे उपेन्द्र सकारात्मक भएको घिमिरेले बताए ।











प्रतिक्रिया