दुई हजार  लिटर अवैध घरेलु मदिरा नष्ट 


काठमाडौँ।

 बारमा दुई हजार  लिटर अवैध घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

 प्रहरी चौकी गंजभवानीपुर बाराबाट खटिएको प्रहरी टोलीले   महागढीमाई न.पा. वडा नं. ०३ र  १० स्थित ३ स्थानमा सञ्चालित अवैध मदिरा भट्ठीबाट  तयारी मदिरा २०० लिटर र  कच्चा पदार्थ १८०० लिटर  नियन्त्रणमा लिई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्र.ना.उ.प्रकाश सापकोटाले जानकारी दिए।